नेपाली समाज संगठन जापान (नाज) को प्रेष विज्ञप्ति
जापानमा वसोबास गरिरहेका नेपालीहरुको हक हितका लागि निरन्तर कार्यरत जापानमा स्थापित नेपाली संघ
संस्थाहरु मध्य सबैभन्दा पुरानो संस्था नेपाली समाज संगठन जापान (नाज) को कार्य बारे केहि दिन यता
भ्रमित आरोप र आक्षेप यस संगठन माथि आएको हुँदा यस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।
र यस संगठनलाई स्थापनाकालदेखि सहयोग गर्दै आएका हामी सम्पूर्ण सदस्यहरु दु:खित र अत्यन्त
मर्माहत भएका छौ ।
हाम्रो देश नेपाल अहिले अत्यन्त संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको छ। विश्वको दोस्रो ठुलो आर्थिक शक्ति
तथा अति विकाशित र समृद्द राष्ट्र जापानमा रहेका हामी नेपालीहरुको आउँने क्रम जारी छ र बढिरहेको छ ।
हाम्रो मुलुकको विशेष परिस्थितिले गर्दा नेपालमा रोजगारीको समस्य परेको छ । यस अवस्थामा धेरै कर्मठ
नेपालीहरु वैदेशिक रोजगारमा लालायित देखिन्छन र वैदेशिक रोजगारीको लागि प्रयत्नशील रहि आएका छन् ।
यस अवस्थाको फाईदा उठाएर कतिपय समयमा धेरै नेपालीहरु आफ्नै नेपालीबाट विश्वको अन्य मुलुक संगसंगै
बिगत देखि जापानमा पनि ठगिदै आएका कुरा हामी सबै जापानबासी नेपालीहरुलाई सर्वविदितै छ । जापानमा
व्यवसाय तथा रोजगारीको लागि आउन चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुसँग ठुलो रकम असुल
गरेर कामको व्यवस्था गरिदिने जिम्मा लिएकाहरुबाट ठगिएर निष्काशित भई अन्त्यमा बाध्यतावश रित्तो
हात नेपाल फर्किरहेको कुरा सबैलाई विदितै छ ।
माथि उल्लेखित समस्याहरुलाई समाधान गर्नको लागि व्यक्तिगत तथा संस्थागत रुपमा जापानमा रहेका
नेपाली संघ-संस्थाहरु निरन्तर लागि रहेका छन । त्यसको लागि यस संगठन उहाँहरुप्रति हार्दिक धन्यवाद तथा
कृतज्ञाता व्यक्त गर्न चाहन्छ । तर यति हुँदाहुँदै पनि नेपालीहरुको समस्या दिनानू बढिरहेको र नेपालीबाट नेपालीनै
ठगिरहेको परिस्थिति झन् झन् भयावह हुँदै गईरहेको कुरा हामी कसैबाट छिपेका छैन । यस्तो परिस्थितिले हामी
जापानमा रहेका नेपालीहरुको स्वाभिमान र गौरवलाई समेत चोट पुगेको र यसबाट जापानी सरकार र जापानी
समाजको विचमा हाम्रो गौरवमय पहिचानलाई समेत असर पुरयाएको कुरा हामी सबै जापानबासी नेपालीहरुले
अनुभूत गर्नु आवश्यक छ । तसर्थ यस संस्थाले नेपालको पहिचान, स्वाभिमान र गौरवलाई उच्च राख्नको लागि
यस्त गलत क्रियाकलापहरुलाई निरुत्साहित होस् भन्ने आकङक्ष लिएर काठमाडौंस्थित जापानी दूतावासमा सही
व्यक्तिहरुले जापानमा सहजढंगबाट आउन पाओस र नेपालीहरु ठगिन नपरोस भन्ने पवित्र उद्देश्य लिएर सुझाव
दिएको कुरा हामी सगौरव भन्न चाहन्छौं । तर नेपालस्थित जापानी राजदूतावास मार्फत प्रवेशाज्ञा प्रदान गर्नमा
अपनाईने नीतिनियम सार्वभौमसत्ता सम्पन्न जापान सरकारको नियमित कार्य अन्तर्गत पर्ने र यसमा कुनै पनि
संस्थाको सुझावको आधारमा फेरबदल हुने कुरा सम्भव छैन । र हाम्रो संस्थाले एउटा पवित्र उद्देश्यले दिएको
सुझावलाई गलत व्याख्या र कुप्रचार गर्नु आफैंमा हास्यास्पद हुन आउँदछ ।
यहाँहरुको रचनात्मक सुझाव तथा सहयोगको अपेक्ष राख्दै यस्तो निराधार भ्रम र जापानमा रहेका नेपाली
समुदायबिच मनमुटाव उत्पन्न गराउने मनसायबाट प्रेरित भई गरेका क्रियाकलापहरुबाट सतर्क रहन सम्पूर्ण
नेपालीहरुमा हार्दिक अनुरोध गर्दछौं । र हामी सानो समुदाय रहेको नेपालीहरुको एकता, सदभाव, मेलमिलाप
नै हाम्रो शक्ति र सही पहिचान भएको हुनाले यस्तो भ्रमबाट सबै सजक हुनु जरुरी छ । हामीले प्रेषित गरेका पत्र
बाट यदि कुनै व्यक्तिलाई मर्का परेको छ भने र उक्त मर्का न्यायोचित हो भने उक्त व्यक्तिसंग सहकार्य गर्न र
हाम्रो संस्थाबाट गर्न सक्ने सहयोग गर्न हामी सदा तत्पर छौं भन्ने कुरा पनि यसै विज्ञप्तिमार्फत जानकारी
गराउन चाहन्छौं ।
भवदिय,
नेपाली समाज संगठन जापान परिवार
जुलाई ३१, २००९
मिति : फ्रेवुअरी २७ तारीख शनिवार
समय : बेलुका ५:३० बजे देखि ७:०० बजे सम्म
स्थान : Tokyo Kenko Plaza Hygeia 11F
Haijia 11th fl. Tokyo-to Kenko Plaza(in the Shinjuku Tabunka Kyousei Plaza)
<http://www.shinjukubunka.or.jp/tabunka/english/information/index.html>
कार्यक्रमका रुपरेखा :
१) कार्यक्रम शुरुवात
२) अध्यक्षको मन्तब्य
३) कार्यसमितिको सदस्यहरुको परिचय
४) सभाध्यक्ष तथा लिपिकारको चयन
५) कार्यबिवरण
क) गणपरक संख्या पुष्टि
ख) आर्थिक वर्ष २००९ को वार्षिक प्रगति बिवरण तथा आय-व्यय बिवरण
ग) आर्थिक वर्ष २०१० को वार्षिक कार्यक्रम बिवरण ( सभा बाट पारित गराउनु पर्ने भएमा )
घ) आर्थिक वर्ष २०१० को वजेट बाँटफाँट ( सभा बाट पारित गराउनु पर्ने भएमा )
ङ) विधान संसोधन मस्यौदा पेश तथा पारित ( सभा बाट पारित गराउनु पर्ने भएमा )
परिच्छेद – 7 केन्द्रीय कार्यसमितिको गठन <http://naij.org/constitution.html>
च) अन्य
६) नयाँ कार्यसमितिको सदस्यहरुको परिचय
७) सभा विसर्जन